२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्यघाटमै बसेर आँखाको नानी संकलन

अ+ अ-

काठमाडौं । ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्‍याएको हो । आँखादान गर्नेको संख्या आधा लाखभन्दा बढी भए पनि सो संख्याअनुसार नानी प्राप्त गर्न नसकेपछि नेपाल आँखा अस्पतालद्वारा सञ्चालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।

मृत्युपछि गरिने अंग दानभित्र आँखा पनि पर्दछ । आँखाको नानीमा फुलो परी हुने अन्धोपनालाई हटाउन आँखाको नानी प्रत्यारोपण गरिने तिलगंगा आँखा बैंकका प्रबन्धक शौरवनारायण त्वायनाले बताए । उनका अनुसार नेपालमा प्रतिसय व्यक्तिमा एकजना दृष्टिविहीन रहेका छन् । ‘आँखाको नानीमा फुलो परेको अवस्थामा कुनै किसिमको औषधि छैन । यसको एक मात्र विकल्प भनेको आँखाको नानीलाई फेर्नु हो । जसले गर्दा अन्धो व्यक्तिले आँखा देख्न सक्छ,’ उनले भने । ३१ भदौ ०५१ बाट आँखाको नानी प्रत्यारोपण सुरु गरिएको थियो । ‘सुरुवाती दिनमा कसैले आँखाको नानी दिँदैनथे,’ त्वायनाले भने, ‘हामीले मृत्युपछि दान गर्न सक्ने भएकाले नानी संकलन कार्यलाई पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म पुर्‍याएका हौँ ।’

मानिसको अन्य अंग दान गर्नु र आँखाको नानी दान गर्नु फरक हुन्छ । त्वायनाले आँखाको नानी मानिस पूर्ण रूपमा मृत्यु भइसकेपछि निकाल्ने गरिएको बताए । ‘धेरै अस्पतालले मृत्युपछि बैंकलाई खबर गर्दैनन्,’ उनले भने, ‘प्रत्यारोपण गर्ने बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ । त्यसैले बढ्दो चापलाई न्यूनीकरण गर्न शव जलाउने स्थानमा गएर संकलन गर्छौं ।’ आर्यघाटमा पनि केही मृतकका परिवारले नानी दिन नमान्ने गरेको उनले बताए । प्रत्यारोपणको एकतिहाइ नानी आर्यघाटबाटै संकलित हुने गरेको उनले जानकारी दिए । आँखा बिग्रने समस्या भएकामा अधिकांश कामदार छन् । ‘आँखादान गर्न इच्छाएको व्यक्तिको कहिले मृत्यु हुन्छ, हामीलाई जानकारी हुँदैन,’ त्वायनाले थपे, ‘परिवारका सदस्यले पनि फोन गरेर बोलाउँदैनन् । बिरामीको संख्या बढ्यो । नानी दान गर्नेहरू भएनन्, त्यसैले हामीले आर्यघाटमा प्रचारप्रसार गर्दै संकलनको कार्य सुरु गरेका हौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments