एक सय ९७ न्यायाधीश सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक सय ९७ न्यायाधीश सरुवा


२९ भाद्र २०७४, बिहिबार


काठमाडौं । न्यायपरिषद्को बुधबार बसेको बैठकले स्थानीय निकायको निर्वाचन हुन गइरहेको प्रदेश नं. २ सहित देशभरका सबै जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरुवा–बढुवा गर्न नपाउने प्रावधानविपरीत न्यायाधीशहरूको सरुवा भएको छ ।

न्यायपरिषद्का अध्यक्षमा प्रधानन्यायाधीश, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री तथा राजनीतिक नियुक्ति भएका दुईजना सदस्य रहन्छन् । बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतमा बसेको बैठकले १९७ जिल्ला न्यायाधीश सरुवा गरेको हो ।

परिषद्को बैठकले उच्च अदालतमा रहेका तीन न्यायाधीशलाई सर्वोच्चमा सरुवा गरेको छ । त्यसरी सरुवा हुनेमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस बमबहादुर श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीस टंकबहादुर मोक्तान छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस