नक्क्ली भ्याट बिल प्रकरण : नौ जनाविरुद्ध मुद्दा २० करोडको मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नक्क्ली भ्याट बिल प्रकरण : नौ जनाविरुद्ध मुद्दा २० करोडको मुद्दा दायर


२८ भाद्र २०७४, बुधबार


काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध झण्डै २० करोडको मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिल कारोवारी प्रदीपकुमार बर्मा, गणेश रिजाल, उपेन्द्र महतो, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दीपककुमार बर्मा, राजेशकुमार श्रीवास्तव, दशरथ हजरा दुसाद, र सिकेन्द्रकुमार श्रीवास्तवविरुद्ध नौं करोड ९१ लाख ४६ हजार रूपैयाँ बिगोसहित १९ करोड ८३ लाख ७२ हजार रूपैयाँ जरिवाना दाबी गरेको छ । उनीहरूविरुद्ध तीन वर्षको कैदसमेत मागदाबी गरिएको छ ।

विभागले झण्डै तीन महिना लामो अनुसन्धानपछि दुई दिनअघि पर्सा अदालतमा मुद्दा दायर गरेको हो । राजश्व चुहावट ऐन, २०५२ अन्तर्गत आठ वर्षयता दायर भएको यो सबैभन्दा ठूलो मुद्दा भएको विभागको भनाइ छ ।

विभागका अनुसार उनीहरूले वस्तुको कारोबार नै नगरी बिलविजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलविजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

आरोपितले कर प्रणालीको दुरुपयोग गर्दै राज्यलाई तिर्नुपर्ने भ्याट रकमभन्दा बढी देखिने काल्पनिक खरिद विवरणसहितको विवरण पेस गरी राजश्व छल्ने गरी प्रयत्न गरेको विभागको भनाइ छ ।

वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स ‘स्थायी लेखा नम्बर ६०३८५०९४५’, आदित्य ट्रेड एन्ड सप्लायर्स ‘स्थायी लेखा नम्बर ३०१७९७४५८’ र विश्वकर्मा ट्रेड कन्सर्न ‘स्थायी लेखा नम्बर ६०३३५८८०९’मार्फत् सामान खरिद गरिएको भुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ ।

विभागले कर सहयोगी प्रदीपकुमार बर्माको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनका भाइ दीपककुमार बर्माले भने नक्कली बिलबिजकका लागि संयोजन र सहयोग गर्ने गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस