नारायणगढ-मुग्लिन सडक खुल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-मुग्लिन सडक खुल्यो


२८ भाद्र २०७४, बुधबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस