लार्के भन्सार कार्यालय कर्मचारीविहीन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लार्के भन्सार कार्यालय कर्मचारीविहीन


२८ भाद्र २०७४, बुधबार


गोरखा । वर्षौदेखि गोरखाको लार्के भन्सार कार्यालय कर्मचारीविहीन छ । चुमनुब्री गाउँपालिका ३ सिर्दिबासको जगतस्थित भन्सार कार्यालय सधै बन्द रहेको स्थानीय विशाल घलेले जानकारी दिए ।

गोरखाको सामागाउँमा रुइला नाका र छेकम्पारमा ङुइला नाका छ । तर भन्सार कार्यालय दुई दिनको बाटो तल जगतमा छ । दुईवटा नाकाको एउटै कार्यालय पनि सधै बन्द रहने गरेको हो । ‘सधै बन्द नै छ । दुई वर्षअघि दुईजना कर्मचारी आएका थिए’, घलेले भने, ‘आउनेबित्तिकै गए । त्यसपछि कोही आएन । अहिलेसम्म बन्द नै छ ।’ उनका अनुसार भूकम्पले भत्किएको भन्सार घर पुनर्निर्माण पनि भएको छैन ।

यो नाका हुँदै सतुवा, वनलसु, पाँचऔले, जटामसी, जडिबुटी, यार्सागुम्बा, ओसारपसार हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस