सरकारी गाडी फेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी गाडी फेल


२८ भाद्र २०७४, बुधबार


गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाको बा १ झ ७६६५ नम्बरको गाडीको बिलबुक धेरै बर्षदेखि नवीकरण भएको छैन । २०६४ सालमा गृहमन्त्रायले पठाइदिएको गाडी प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्दै आएका थिए । मन्त्रालयले बिलबुक पठाइदिएपछि अहिलेसम्म नवीकरण नगरिएको कार्यालय स्रोतले नाएको छ ।

प्रजिअका लागि एक वर्षअघि नयाँ स्कारपियो गाडी खरिद गरी ल्याएपछि पुरानो बोलेरो सहायक प्रजिअले प्रयोग गर्ने गरेका छन् ।

लामो समयदेखि गाडीको नवीकरण नगरिएको बारे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत तथा सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा अनभिज्ञ छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस