२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीमा अचाक्ली धुँवाधुलो : थलिँदै बालबालिका

अ+ अ-

काठमाडौं । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् । तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन । डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।’

धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन् । सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो । मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए । कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो । यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ ।

‘बिरामीको संख्या ह्वात्तै बढ्यो । जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ’, भीडबाट फुत्किएपछि डा.राईले  भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो । यसले बच्चामा भयानक रोग देखिन थालेको छ ।’ विश्वकै प्रदूषितमध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments