‘गुणस्तरीय टेलिफोन सेवा पुर्याइने’– मन्त्री बस्नेत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘गुणस्तरीय टेलिफोन सेवा पुर्याइने’– मन्त्री बस्नेत


२७ भाद्र २०७४, मंगलबार


मेलम्ची । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको हरेक गाउँ र वडामा गुणस्तरीय टेलिफोन सेवा पुर्याइने बताएका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक ३ नं. क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सम्मान कार्याक्रममा उनले अहिलेजस्तो टेलिफोन सम्पर्कमा हुने समस्याको समाधान गर्न आफू छिटोभन्दा छिटो कटिबद्ध रुपमा लाग्ने बताए ।

फरक प्रसंगमा मन्त्री बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजमा भिजेका तथा जनताले उपयुक्त र रुचाएका व्यक्तिलाई उम्मेदवार बनाएमात्रै काँग्रेसको जित हुने हुनाले राम्रो उम्मेदवार सिफारिस गर्न आग्रह गरे ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपाल, कोषाध्यक्ष पासाङ दोङ, नेता कान्छा लामालगायतले धारणा राखेका । रासस

Tags :
प्रतिक्रिया दिनुहोस