१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

अ+ अ-

झापा । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।

कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।

मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पुर्याएको थियो ।

गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुबेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पुर्याएर बिस्मितालाई घरेलु कामदारका रुपमा बेचेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।

नौ महिनाअघि कुबेत पु¥याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुबेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन् ।

कुबेतमा बन्दी जस्तै अवस्थामा रहेकी बिस्मिता दर्जीको उद्धार गरी पाऊँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदनसमेत दिएका छन् ।

टेलिफोन कुराकानीमा बिस्मिताले आफूले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाएकी छन् ।

“तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”, कुबेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्, “सबै लागेर मलाई उद्धार गरिदिनुपर्यो, मलाई बचाइदिनुहोस् ।”

आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग एक लाख ५० हजार उल्टै मागेको उनका बुबा राजकुमारले बताए ।

उनले न्यायका लागि नगरपालिकामा निवेदन दिएको बताए । “एकलाख ५० हजार देऊ, कि तीनजना विदेश पठाउने महिला खोजिदेऊ, अन्यथा मबाट केही हुँदैन, जे गर्नुछ गर भन्नुभयो मीना बहिनीले”, राजकुमारले भने, “त्यही भएर न्यायका लागि निवेदन दिएको हुँ ।”

बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन सञ्चार माध्यममार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवाला र स्थानीय निकायसँग अपिल गरेका छन् ।

बिस्मिताका पति दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भने, “उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस् ।”

उनले जनप्रतिनिधि जस्तो मान्छेबाट यसरी ठगिनु दुःखद भएको बताउँदै भने, “तत्काल अपराधीलाई कारबाही र पीडितलाई न्याय होस् ।”

मानव बेचबिखनसम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाइका लागि भन्न नआएको दाबी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनीरुपमा कुबेत पठाएको स्वीकार गर्दै भनिन्, “उनले यातना पाएको कुरा झुठा हो, मसँग उनको कुरा भइरहेको छ ।”

मीनाले कुबेत पठाउँदा खर्च भएको एक लाख ७५ हजार नतिरेको हुँदा त्यही रकममात्र आफूले मागेको बताइन् । उनले जाँदा लागेको पैसा तिरे बिस्मितालाई दशैँपछि फिर्ता ल्याइदिने बताएकी छन् ।

“भन्नेबित्तिकै ल्याउन सक्दिन”, रासससँग मीना भन्छिन्, “म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।” उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने उनले बताइन् ।

अधिवक्ता दीपेन्द्र भट्टराईले गैरकानूनी बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा लाग्ने बताए ।

अधिवक्ता भट्टराईले यस्ता प्रवृत्तिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने बताए । उनले बेचबिखन गरेकै ठहरिए पीडकलाई २० वर्षको जेल सजाय र क्षतिपूर्तिसमेत कानूनमा व्यवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस