पूर्वसांसदलाई पेन्सन दिने विषयमा विवाद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वसांसदलाई पेन्सन दिने विषयमा विवाद


२७ भाद्र २०७४, मंगलबार


काठमाडौं । पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य व्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद् चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ ।

कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । एमाले र माओवादी केन्द्रका केही सांसद भने पेन्सन दिन नहुने पक्षमा छन् ।

का्रग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दै आएको बताइन् । कांग्रेसकै अर्नुनप्रसाद जोशीले पूर्वसांसदलाई मर्यादाक्रम निर्धारण गरी सुविधा उपलब्ध गराउनुपर्ने बताए । एमालेका मानप्रसाद खत्रीले सांसदको मर्यादाक्रम निर्धारण गरी पेन्सन दिनुपर्ने बताएका थिए

एमालेका गंगालाल तुलाधरले पूर्वसांसदलार्य पेन्सन दिने विषय सोचनीय भएकाले अहिल्यै निर्णयमा पुग्न नहुने बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस