सुन तस्करीमा माओवादी नेता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुन तस्करीमा माओवादी नेता


२७ भाद्र २०७४, मंगलबार


सुन

काठमाडौं । पहिलो चरणको स्थानीइ तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रुपमा प्रहरीको खोजी सूचीमा परेका छन् ।

दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँग पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रुपमा देखिएपछि केन्द्रीय अनुसन्धन ब्युरो (सिआईबी)ले पौडेलको खोजी गर्दै आएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस