प्राधिकरणका पूर्वकर्मचारीलाई ३ करोडको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्राधिकरणका पूर्वकर्मचारीलाई ३ करोडको भ्रष्टाचार मुद्दा


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका एक पूर्वकर्मचारीलाई झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले प्राधिकरणका उत्पादन सञ्चालन तथा संभार विभागका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहँदा दुई करोड ८८ लाख ८२ हजार ८ सय ९१ रूपैयाँ बराबरको सम्पत्ति दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको ठहर छ ।

‘जाँच अवधिमा ९आर्थिक वर्ष ०३६/३७ र ०६९/७०० निजको आय व्यय विवरण र निजले आफ्नो तथा आफ्ना परिवारका सदस्यको नाममा खरिद एवम् लगानी गरेको चल÷अचल सम्पत्तिका सम्बन्धमा तथ्य प्रमाणहरूलाई छानबिन एवम् विश्लेषण गरी हेर्दा निजले आयआर्जनको गरेको बैध आयको तुलनामा दुई करोड ८८ लाख ८२ हजार आठ सय ९१ बराबरको सम्पत्ति पदीय जिम्मेवारीको दुरुपयोग एवम् भष्टाचार गरी आर्जन गरेको र मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको देखिन आएकाले साविक भष्टाचार निवारण ऐन २०१७ र प्रचलित भष्टाचार निवारण ऐन २०५९ बमोजिम तप कैद सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,’ अख्तियारले सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दुरुपयोग गरेको रकमबमोजिम बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ ‘ग’ तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ‘२’ बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर अख्तियारले जनाएको छ ।

२०३६ चैत ५ गते प्राधिकरणको डिभिजन असिस्टेन्ट इन्जिनियरमा नियुक्त भएका श्रेष्ठले प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रवन्धक र कामु कार्यकारी निर्देशकबाट २०७० साउन ९ गते अनिवार्य अवकाश लिएका हुन् ।

श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको तथा स्रोत नखुलेको चल अचल सम्पत्ति आफ्रनोसँगै श्रीमती करुणादेवी कर्माचार्य, छोरा कमलेन्द्रलाल र छोरी प्रेरणाको नाममा बदनियत साथ राखेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस