जापानी प्रधानमन्त्री भारत भ्रमणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानी प्रधानमन्त्री भारत भ्रमणमा


२६ भाद्र २०७४, सोमबार


नयाँ दिल्ली । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लागेका छन् ।

उनी आगामी बुधबार भारत भ्रमणमा आउन लागेका हुन् सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्नुहुने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन् ।

यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस