सिलिण्डर बम निष्क्रिय « प्रशासन
prasaLogo
२६ भाद्र २०७४, सोमबार

सिलिण्डर बम निष्क्रिय


प्रकाशित मिति : 11 September, 2017 4:56 pm

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

निगमको सो जग्गामा सडक व्यापारीले व्यापार सञ्चालन गर्देै आएकामा केही महिनाअघि अर्को कम्पनीले बोलपत्र पारेपछि भत्काएर नयाँ व्यापारिक टहरा निर्माण शुरु गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस