नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित


२६ भाद्र २०७४, सोमबार


काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे । प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए ।

नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन् । रासस

प्रतिक्रिया दिनुहोस