उम्मेदवार नै जान्दैनन् भोट हाल्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उम्मेदवार नै जान्दैनन् भोट हाल्न


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । सुत्रिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरदैलो गर्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन ।

सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है’ भन्दैै मतदातालाई आग्रह गर्छिन् । मतदातामाझ भेटिएकी उनीसँग जिज्ञासा राख्दा उनले न चुनाव लडेको सही वडा नम्बर बताउन सकिन न मतदान गर्ने सही तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

उनका पति वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । गाउँकै पार्टी प्रतिनिधिले महिला सदस्यको कोटामा चुनाव लड्नुपर्ने प्रस्ताव गरेपछि उनी राजनीतिमा आएकी हुन् । यसअघि राजनीतिको ‘र’ पनि नबुझेको बताउने उनले चुनाव ‘महँगो’ भएको अनुभव सुनाइन् । तर आफू पनि नेता हुन पाएकोमा भने उनलाई गर्व छ ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनवित्र छिन् ।

सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवारी दिएकी माओवादीकै हीरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस