‘सीडीओ र क्षेत्रीय प्रशासकले टेरेनन्’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सीडीओ र क्षेत्रीय प्रशासकले टेरेनन्’


२५ भाद्र २०७४, आइतबार


काठमाडौं । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासककै कमजोरीले स्थानीय तहमा कर्मचारी अभाव भएको बताएका छन् ।

स्थनीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी गठन आदेश ०७४ अनुसार जिल्ला कर्मचारी व्यवस्थापन समिति र विभिन्न मन्त्रालयबाट गरी करिब ८ हजार ८ सय ७४ कर्मचारी खटाए पनि स्थानीय तहमा नपुग्दा सेवा प्रवाहमा समस्या सिर्जना भएको छ । मन्त्री बस्नेतले कर्मचारी खटनपटनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सीडीओ र एलडिओले सशक्त भूमिका खेल्न नसक्दा निराशाजनक परिणाम हात परेको बताए । उनले भने ‘सिडीओ र प्रशासकलाई खटिएका ठाउँमा नजाने कर्मचारीलाई स्पष्टीकरण सोध्नसक्ने अधिकार दिइएको छ तर उनीहरु विभिन्न बहानाबाजी गरिरहेका छन् ।’

जिल्ला कर्मचारी व्यवस्थापन समितिले अझै स्थानीय तहमा तीन हजार नौ सय ४७ कर्मचारी अभाव भएको विवरण सामान्य प्रशासन मन्त्रालयलाई दिइएको मन्त्री बस्नेतले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस