आधा करोड सक्न विदेश भ्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आधा करोड सक्न विदेश भ्रमण


२५ भाद्र २०७४, आइतबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहकध नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश ‘घुम्न’ पठाएको छ । ‘जहाज थप्नेमात्र होइन, व्यवस्थापन सुधार पनि मेरो प्राथमिकता हो’ भन्दै आएका निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन् । तीमध्ये केही जाने तयारीमा छन् , केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन् ।

संबद्ध विभागीय प्रमुखको सिफारिसपछि महाप्रवन्धक कंसाकारले ती कर्मचारीलाई भ्रमण स्वीकृति दिएका हुन् । उनीहरुको आतेजाते हवाई टिकट, होटलमा बस्न र खाना, दैनिक भत्ता, यातायातलगायत खर्च निगमले बेहोरेको छ ।

भ्रमणमा विभागीय प्रमुखदेखि उपनिर्देशक, प्रबन्धक, अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारी छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस