मंगलबारदेखि टिकट बुकिङ खुल्ने « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

मंगलबारदेखि टिकट बुकिङ खुल्ने


२५ भाद्र २०७४, आइतबार


काठमाडौँ । दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेका उनका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए ।

लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ । बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।

सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस