नेपाली बुलेट सञ्चालन प्रकरणः ‘सचिव हरूवाचरुवा होइनन्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली बुलेट सञ्चालन प्रकरणः ‘सचिव हरूवाचरुवा होइनन्’


२४ भाद्र २०७४, शनिबार


काठमाडौं । आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सचिव कुनै हरूवाचरुवा वा गोठाला नरहेको र उनीहरुलाई बिदाको दिनमा मनलाग्दी रुपमा बैठकका नाममा बोलाउन नहुने भन्दै आपत्ति प्रकट गरेका छन् । नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका विषयमा उत्पन्न समस्या समाधान गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत आपूर्ति तथा उपभोक्ता हित उपसमितिले शुक्रबार बोलाएको बैठकमा उनले सांसदहरुसमक्ष यस्तो आपत्ति जनाएका हुन् ।

‘बिहिबार बिदाको दिन बेलुका नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका विषयमा बैठक छ भनेर फोनमार्फत जानकारी गराइयो’, उनले भने, ‘बिचाको दिन पनि यसरी बैठकमा बोलाउनु मलाई उचित लागेन । जतिबेला मन लाग्यो, उतिबेला सचिवलाई बोलाउन पाइन्न, के सचिव हरुवाचरुवा वा गोठाला हुन् ?’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस