२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ

अ+ अ-

काठमाडौं । अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो । नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब बालकहरूसँग अप्राकृतिक यौन गतिविधिमा रमाएर आनन्द लिने थियो । बिहीबार पक्राउ परेपछि मात्र मार्कुसको वास्तविकता उदांगो भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको ठहिँटीस्थित होटेलबाट उनलाई पक्राउ गरी एक बालकलाई उद्धार गरेको छ ।

पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने गरेको सिआइबीकी प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । हालसम्म उनले दुई बालकमाथि यौनदुराचार गरेको पुष्टि भएको छ । ‘धेरै बालक उसबाट पीडित भएको हाम्रो अनुमान छ,’ एसपी चौधरी भन्छिन्, ‘उसलाई सहयोग गर्ने अन्य मान्छे पनि हुन सक्छ ।’ उनको थप पृष्ठभूमि थाहा पाउन प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

सन् २०१४ देखियता उनी चारपटक नेपाल आइसकेका छन् । मार्कुस पछिल्लोपटक २० अगस्टमा नेपाल आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments