गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


२४ भाद्र २०७४, शनिबार


बा ले बन्धकीमा भएजति जमीन राखेर
घर बनाउंदै छन् दुबैपट्टी दलिन राखेर

भाग्य हत्केलामा अनि निधारमा भएपछि
केही हुंदैन शत्रुले छातीमा संगीन राखेर

आमा पनि सुगर र दमको रोगी हुनुहुन्छ
कसरी सकिन्छ अस्पतालमा हरदिन राखेर

बांच्न सक्नुपर्छ बदलिएको बिश्व हेर्नलाई
देख्न पाइन्छ संसार आंखामा दुर्गिन राखेर

बनाउनेले दिल अचानो बनाएका छन् मेरो
थाहै नदिइ मुटुभित्र मायाको मेशिन राखेर

Tags :
प्रतिक्रिया दिनुहोस