गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


२४ भाद्र २०७४, शनिबार


उनले भनिन् मसँग छन् रोज चिज खाएर जाउ ।
देखि हाल्यौ लुकाएको खोज चिज खाएर जाउ ।।

काफल गेडी चखाकै हो, सन्तरा नि खुवाकै हो ।
मन परेका तिम्रा नै हुन् सोच चिज खाएर जाउ ।।

मेरो भोक बढ्दै जान्छ तिमीले नखाई बसे पछि ।
सोस्ने भए झनै खुसि सोस चिज खाएर जाउ ।।

मुछ्ने भए मुछ बरु सिङ्गै नखाउ घाँटी अड्ला ।
पाकि सक्यो नपत्याए घोच चिज खाएर जाउ ।।

उभिएर थोरै पहिला बसेर खाउ अल्लि फेरि ।
जता मन छ तल माथि बोक चिज खाएर जाउ ।।

प्रतिक्रिया दिनुहोस