एकै दिन २४ फरार दोषी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकै दिन २४ फरार दोषी पक्राउ


२३ भाद्र २०७४, शुक्रबार


इनरुवा । जिल्ला प्रहरी कार्यालय आज एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा– केही सार्वजनिक अपराध मुद्दा– लागुऔषध ओसारपसार मुद्दा– लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो ।

त्यस्तै अंश मुद्दा, गाली बेइज्जती मुद्दा, परीक्षाभंग मुद्दा र जारी मुद्दाका एक एक जनालाई पनि पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । सबै दोषीलाई आवश्यक कारवाहीका लागि आजै अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस