स्वास्थ्यका १ सय ३३ मवन अझै बनेनन् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यका १ सय ३३ मवन अझै बनेनन्


२३ भाद्र २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हुँदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती भवनलाई रुग्ण आयोजनाका रुपमा राखेर छानबिन सुरु गरेको छ ।

ठेकेदार र भवन निर्माण विभागको लापरबाहीले ३१ जिल्लाका १ सय ३३ वटा भवन ठेक्कासम्झौताको नौ र ७ वर्ष बितिसक्दा पनि बनेका छैनन् । एकतले भवन तीन महिना र साढे तीन तलासम्मको भवनको निर्माण कार्य छ महिनामा पुरा हुन्छ । ‘ठेकेदार र जिम्मेवार पदाधिकारी तथा कर्मचारीको लापरबाहीको नमुना हेर्नुपर्यो भने सहरी विकास मन्त्रालयमा आए हुन्छ’, सहरी विकास मन्त्रालयका एक पदाधिकारीले भने, ‘योभन्दा गैरजिम्मेवार निकाय अरु कोही छैन होला ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस