राष्ट्रिय परिचयपत्र मतदाता परिचयपत्रजस्तै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय परिचयपत्र मतदाता परिचयपत्रजस्तै


२२ भाद्र २०७४, बिहिबार


राष्ट्रिय परिचयपत्र

काठमाडौं । गृह मन्त्रालय आफैँले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक, आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेका छन् ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ ।

निर्वाचन आयोगले संकलन गरेको विवरण प्रयोग गरेर परिचयपत्रमा डिजाइनअनुसारको व्यक्तिगत विवरण, गुणस्तरीय फोटो र सुरक्षा प्रणाली राख्न नसकिने केन्द्रले जनाएको छ । आयोगले संकलन गरेको व्यक्तिगत विवरण अपूर्ण रहेको, व्यक्तिको फोटो स्पष्ट चिनिने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नभएको केन्द्रको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस