व्यापारीको ध्यान तस्करी सुनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

व्यापारीको ध्यान तस्करी सुनमा


२२ भाद्र २०७४, बिहिबार


काठमाडौं । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ ।

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो । त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो ।’ अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये । यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए । अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ ।

बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो । सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो । तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन् । यसअघि अर्थात् असारसम्म बैंकहरूले ९९.५० अंकित सुन ल्याउँथे । त्यस्तो सुनलाई २४ क्यारेट नै भनिए पनि आधा प्रतिशत कम शुद्धता हुन्थ्यो । बैंकहरूले त्यस्तो सुन ल्याए पनि व्यवसायीले भने उपभोक्तालाई २४ क्यारेटकै मूल्य लिने र दिने गरेका थिए । सुन आधा प्रतिशत कम भए पनि शुद्धतामा भने शून्य दशमलव ५ प्रतिशत कम हुने नेपाल सुन, चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

रसायनका कारण गरगहना कमसल बने पनि मूल्य भने २४ क्यारेटकै पाउने उनले बताए । ‘उपभोक्ता ठगिएका छैनन्, उनले भने, ‘यसको ग्यारेन्टी व्यवसायीले लिएका छन् ।’ अहिले नयाँ प्रविधिको विकास भइसकेको छ । रसायन राखेर छिटफुट मात्र गहना बन्ने गरेको छ । ‘बिलका आधारमा सुनको मूल्य निर्धारण हुने हो,’ शाक्यले भने । गहना बनाउँदा सुनको शुद्धतामा कमी आउने भएकाले नै दुई प्रतिशतसम्म टोलोरेन्स दिनुपर्छ भनी महासंघले माग रोखेको उनी सम्झन्छन् । गरगहना बनाउँदा गहनाको डिजाइन हेरी एक प्रतिशतसम्म पनि सुनको शुद्धतामा कमी आउन सक्ने शाक्यको बुझाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस