अब मख्यसचिवको आवास पनि बालुवाटारमै « प्रशासन
prasaLogo
२१ भाद्र २०७४, बुधबार

अब मख्यसचिवको आवास पनि बालुवाटारमै


प्रकाशित मिति : 6 September, 2017 8:08 am

काठमाडौं । सरकारका मुख्यसचिवको आवास पनि प्रधामन्त्री निवाससँगै बालुवाटारमा हुने भएको छ । मुख्यसचिवका लागि प्रधानमन्त्रीनिवास परिसरभित्र ५ करोड ७७ लाख ३८ हजार रुपैयाँ लागतमा सुविधासम्पन्न आवास निर्माण भइरहेको छ ।

हाल बालुवाटार परिसरमा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको मात्र निवास छ । कैयौं महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले मुख्यसचिवसँग नियमित छलफल र संवाद गर्नुपर्ने भएकाले उनको निवास पनि प्रधानमन्त्रीकोसँगै बनाउन लागिएको हो ।

मुख्य सचिवको आवास अन्यत्र हुँदा प्रधानमन्त्रीलाई कतिपय महत्वपूर्ण निर्णय तत्काल लिनुपर्दा कठिनाइ भएकाले सँगै राख्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रशासनिक क्षेत्रको सर्वोच्च पदाधिकारी मुख्यसचिवको सल्लाहकारसमेत हुन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस