निर्वाचन आचारसंहिता केही समय रोक्न सरकारको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचन आचारसंहिता केही समय रोक्न सरकारको आग्रह


२० भाद्र २०७४, मंगलबार


काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरुले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आउन ३५ देखि ४५ दिन बाँकी रहदा मात्र आचारसंहिता लागू गराउने प्रचलनविपरीत आयोगले आचारसंहिता लगाएको भन्दै मन्त्रीहरुले असन्तुष्टि जनाएका हुन् ।

अकस्मात् लागू भएको आचारसंहिताले सरकारको कामकारबाहीमा गम्भीर असर पारेको, स्थानीय तहमा कर्मचारी खटाउन नसकिएकोलगायत समस्या मन्त्रीहरुले प्रधानमन्त्रीलाई सुनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयुक्तहरुलाई बोलाएर निर्वाचन आचारसंहिता केही समय स्थगित गर्न आग्रह गर्ने जानकारी गराएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस