सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन


२० भाद्र २०७४, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको भन्दै सामान्य प्रशासन मन्त्रालयलाई सरुवा रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले १४ भदौमा राजपत्र अंकित (खरिदार, सुब्बा) १ सय २७ कर्मचारी सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

आयोगले मन्त्रालयलाई निर्वाचन आचारसंशिता विपरीतका सबै सरुवा रोक्न पत्र पठाए पनि मन्त्रालयले भने सरुवा औचित्यपूर्ण भएकाले रोक्न नमिल्ने र कार्यान्वयन गर्ने जानकारी आयोगलाई गराएको छ । मन्त्रालयले १२ भदौमा गरेको ९४ जना उपसचिव र ३५ जना अधिकृतको सरुवा सम्बन्धमा भने आयोग चुपचाप छ ।

आयोगले सरुवा निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुअघि नै मन्त्रालयले सरुवा भएका अधिकांश कर्मचारीलाई पत्र दिइसकेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले आयोगबाट १४ भदौंको सरुवा हाललाई रोक्न निर्देशन आएकाले छलफल थालिएको जानकारी दिए । तर, मन्त्रालयका अधिकृत लीला काफ्लेले सरुवा भएका अधिकांशले पत्र बुझिसकेकाले अब रोक्दा गलत अर्थ लाग्ने हुँदा सरुवा रोक्न नमिल्ने बताए । उनका अनुसार मन्त्रालयले सरुवा अत्यावश्यक रहेकाले निर्देशन स्थगन गर्न आयोगसँग आाग्रह गरेको छ । मन्त्रालयले पठाएको पत्रमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरुवामा उदार हुन आयोगसँग आग्रह गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस