बाढीपीडितलाई राहत जुटाउँदै शाह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढीपीडितलाई राहत जुटाउँदै शाह


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । नेपाल तरुण दलकी निवर्तमान केन्द्रीय सदस्य सरस्वती शाह बाढीपीडितका लागि राहत संकलनमा जुटेकी छन् । विपतमा परेका तराईंबासीको घाउमा मल्हम लगाउन राहत संकलनमा जुटेको उनले बताइन् ।

‘पछिल्लो चरणमा एक लाख रूपैयाँ बराबरको राहत सामग्री संकलन भइसकेको छ,’ उनले भनिन्, ‘डब्लुडब्लुएफले ७० हजार र जेपी कन्ट्रक्सनले ४० हजार रूपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।’

एक साता राहत संकलन गरी दसैंअगावै वितरण गर्ने उनको योजना छ । यसअघि उनले साथीको सहयोगमा चार लाख रूपैयाँ बरावरको राहत सामग्री संकलन गरेकी थिइन । उक्त सामाग्री बर्दियाका बाढीपीडितलाई वितरण गरिएको उनले बताइन ।

Tags :
प्रतिक्रिया दिनुहोस