प्रहरीबाटै दुव्र्यवहार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीबाटै दुव्र्यवहार


१८ भाद्र २०७४, आइतबार


बझाङ । मदिरा सेवन गरेका प्रहरी जवान राति महिला सुतेको कोठामा पसेपछि स्थानीय आक्रोशित भएका छन् ।

स्थानीयले कारबाहीको माग गर्दै शनिबार वडा प्रहरी कार्यालयमा धर्ना दिए । प्रहरी जवना पदम साउद मदिरा सेवन गरी शुक्रबार राति १२ बजे महिला सुतिरहेको कोठामा पसेका थिए । एक्कासि कोठामा पुरुषलाई देखेकी महिलाले चोर आयो भन्दै होहल्ला गरेकी थिइन् । हल्लापछि साउद भागेको स्थानीय लोकेन्द्र खड्काले बताए ।

अनैतिक व्यवहार देखाउने प्रहरी जवानमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले सदरमुकाम चैनपुरमा प्रदर्शन गर्नुका साथै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस