नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्रीलगायत उच्च सरकारी तहबाट दबाब आएपछि अन्ततः त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद् काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने आफ्नो पूर्व निर्णयबाट पछि हटेको छ । परिषद्को शनिबार बसेको आकस्मिक बैठकले घट्टेकुलोस्थित उक्त कलेजको सम्बन्धनबारे छानबिन गर्न गठन गरेको समितिले प्रतिवेदन नबुझाएसम्मका लागि निर्णय स्थगित गरेको हो ।

डा। गोविन्द केसीले सम्बन्धन फिर्ताका लागि १० दिनको अल्टिमेटम दिएपछि सरकारले सम्बन्धन खारेज गर्न परिषद्लाई दबाब दिँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले सम्बन्धनबारे धेरैखाले टीकाटिप्पणी आएपछि त्यसबारे अनुसन्धान गर्नुपर्ने देखिएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बताए ।

‘कलेजले सञ्चालन गरेको अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको पाइयो । अन्य तथ्य पत्ता लगाउन एक समिति गठन गरिएको छ । त्यसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ । त्यतिबेला सम्मका लागि हाम्रो सम्बन्धन दिने निर्णय स्थगित गरेका छौं’, खनियाले भने आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस