२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन हुँदै, भरतपुर नगरपालिकाले गराएन हाजिर

अ+ अ-

भक्तपुर । भक्तपुरमा धमाधम कर्मचारी समायोजन शुरु भएको छ ।

जिल्लामा रहेका विभिन्न कार्यालयका कर्मचारी समायोजनका क्रममा जिल्लाका तीन नगरपालिकामा हाजिर भइरहेकाछन् । मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा कर्मचारी समायोजन भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।

जिल्ला शिक्षा, महिला विकास, कृषि विकास, पशुसेवा, जनस्वास्थ्य कार्यालयलगायत जिल्लाका सरकारी कार्यालयका कर्मचारी समायोजन गरी नगरपालिकाहरुमा पठाइएको छ । कर्मचारी नगरपालिकाहरुमा हाजिर भइसकेका छन् । केही कर्मचारी नगरपालिकामा हाजिर गरेर सम्बन्धित कार्यालयमा पुराना काम सम्पन्न गर्न कार्यालयमै आउने गरेका छन् ।

यता भक्तपुर नगरपालिकाले भने समायोजन भएर गएका कर्मचारीलाई हाजिर गराएको छैन । महिला विकास, कृषि विकास कार्यालयलगायत कार्यालयबाट समायोजनमा परेर नगरपालिका हाजिर हुन पटक पटक गए पनि हाजिर नगराइएको गुनासो कर्मचारीले गरेका छन् ।

महिला विकास अधिकृत नीला घिमिरेले नगरपालिकाले तत्काल कर्मचारीको आवश्यकता नपरेको जानकारी गराउँदै हाजिर नगराएपछि पुरानो कार्यालयमै हाजिर भएको बताए । भक्तपुर नगरपालिका प्रशासन शाखाले भने नगरपालिकालाई थप कर्मचारीको आवश्यकता नपरेकाले हाजिर नगराएको जनाएको छ ।

प्रजिअ पोखरेलले कर्मचारी आवश्यक नभएका खण्डमा समायोजन भएर गएका कर्मचारीलाई नगरपालिकाले हाजिर गराउन बाध्य नहुने बताए । नगरपालिकाले हाजिर नगराएका कर्मचारीले आफ्नो पुरानै कार्यालयमा गएर हाजिर गर्न सक्ने जनाइएको छ । रासस

0 Comments