आयल निगम जग्गा खरिद घोटाला, सांसदलाई धम्की « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आयल निगम जग्गा खरिद घोटाला, सांसदलाई धम्की


१७ भाद्र २०७४, शनिबार


काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दै आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरूलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् ।

यसअघि पत्रकारलाई धम्की दिएका खड्काले पछिल्लो पटक शक्ति दलाल समूहमार्फत दबाब दिएको सांसदले बताए । अनियमितता छानबिनका लागि स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताए । ‘निगम घोटालाको छानबिन अघि बढाएपछि सुरक्षा थ्रेट भएको छ,’ उनले भने, ‘विभिन्न मान्छेमार्फत फोन गराएर अनावश्यक दबाब आइरहेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस