सौंर्य एयरलाइन्स आजदेखि धनगढीमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सौंर्य एयरलाइन्स आजदेखि धनगढीमा


१६ भाद्र २०७४, शुक्रबार


काठमाडौं । सौंर्य एयरलाइन्सले आजदेखि धनगढीमा पनि सेवा सुरु गरेको छ । एयरलाइन्सले ५० सिट क्षमताको सिआरजे २०० विमानबाट दैनिक काठमाडौं–धनगढी र धनगढी–काठमाडौंमा एक/एक उडान भर्नेछ ।

हरेक दिन दिउँसो १२ः१५ बजे काठमाडौंबाट र १३ः२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने सौर्य एयरलाइन्स प्रालिका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताए ।

एयरलाइन्सले साढे पाँच हजार रूपैयाँ भाडा तोकेको छ । लकेजमा ३० केजीसम्म लग्न पाइने सुविधा रहेको एयरलाइन्सले जनाएको छ ।

सुदूरपश्चिमको राजधानीसँग आवागमन सहज बनाउन सेवा सुचारु गरेको बजार व्यवस्थापक मुकेश खनालले बताए । उनका अनुसार काठमाडौं–धनगढीको उडान समय बढीमा ४५ मिनेटको हुनेछ । शुक्रबार ५०/५० जना यात्रु पाएको खनालले बताए ।

यससँगै धनगढीमा दैनिक पाँच उडान हुन थालेका छन् । धनगढीबाट बुद्ध एयरलाइन्सले दुई, नेपाल एअरलाइन्स र श्रीएअरलाइन्सले एक/एक उडान भर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस