सुरक्षा निकायसँग सापटी लिँदै सरकार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुरक्षा निकायसँग सापटी लिँदै सरकार


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । सरकारले सुरक्षा निकायको कल्याणकारी कोषमा रहेको पैसा ऋण लिने भएको छ ।

जलविद्युत् आयोजनाहरुमा लगानी गर्नेगरी ऊर्जा मन्त्रालयले सुरक्षा निकायहरुको कल्याणकारी कोषमा रहेको करिब ४४ अर्ब रुपियाँ ऋण लिने भएको हो ।

उर्जा मन्त्रालयले सुरक्षा निकायहरुसँग कल्याणकारी कोषमा रहेको पैसा ऋण लिन जलविद्युत् विकासको मोडालिटीसमेत तयार पार्दै छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले मोडालिटीको बारेमा छलफल जारी राखेको र केही समयमै टुंगो लाग्ने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

सुरक्षा निकायले विकास परियोजनामा लगानी गर्नेबारे कुनै ऐन–नियम नबनेका कारण मोडालिटी बनाएर सरकारले नै ऋणका रुपमा लिने तयारी गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस