प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…… « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा……


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी सुन्न किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पतालअगाडिबाट उनलाई पक्राउ गरेको हो ।

सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको महशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस