तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । सरकारले आगामी वर्षदेखि तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी गरेको छ । जलमापक उपकरणमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएपछि सरकारले वर्षामापक उपकरण राख्ने योजना अगाडि सारेको हो । उपकरण राखेमा बाढी आउनुभन्दा तीन दिनअघि नै सर्वसाधारणलाई सूचना दिन सकिने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । ‘यस्तो खालको पूर्वसूचनाबाट मानवीयसँगै भौतिक क्षति कम गर्न सक्छौँ,’ उनले भने ।

सरकारले अहिलेसम्म आठ नदी तथा खोलामा वर्षामापक उपकरण राखेको छ । अर्को वर्ष मानवीयसँगै भौतिक क्षति गर्ने थप खोला र नदीको पहिचान गरी उपकरण राख्ने तयारी गरिएको छ । चुरेसँगै तराई क्षेत्रबाट बग्ने खहरे खोलाले पनि ठूलो भौतिकसँगै मानवीय क्षति गर्दै आएको छ ।

चुरे क्षेत्र दोहन हुँदै गएपछि बाढी आउने गरेको विज्ञहरू बताउँछन् । प्रकृतिलाई ख्याल नगरी विकास निर्माण गर्न थालेपछि तराईका खोला र नदीको सतह पनि माथि आएको छ । यस वर्ष बाढी, पहिरो र डुबानबाट एक सय ५३ जनाको मृत्यु भएको छ । ३० बेपत्ता र ४२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस