केरुङ अब अन्तर्राष्ट्रिय नाका « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केरुङ अब अन्तर्राष्ट्रिय नाका


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन सरकारले गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ । केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याइएको घोषणा बुधबार ल्हासामा गरिएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले केरुङलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालन घोषणा गरेको बताए ।

उनले भने, ‘यो निर्णय भदौ १६ देखि लागू हुनेछ । यसले यो क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्नेछ ।’ चीनले नेपालसँग सीमा जोडिएको नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरेको यो पहिलो हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस