स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा। सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ ।

राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो । उनलाई ज्वरो, झाडापखाला, रुघाखोकीको समस्या देखिएपछि स्वाइनफ्लुको आशंकामा खकार परीक्षण गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस