प्रतिनिधिसभा र प्रदेश निर्वाचन दुई चरणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा र प्रदेश निर्वाचन दुई चरणमा


१५ भाद्र २०७४, बिहिबार


काठमाडौं । केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने भदौं ५ को निर्णय उल्ट्याउँदै बुधबारको मन्त्रिपरिषद् बैठकले दुई चरणमा गर्ने निर्णय गरेको छ ।

केन्द्र र प्रदेशको निर्वाचन एकैसाथ हुने भए पनि भूगोलका आधारमा मंसिर १० र २१ गरी दुई चरणमा दुट्याइएको हो । र, कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने निर्णय लिने जिम्मा निर्वाचन आयोगलाई दिइएको छ ।

निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गराउन प्रस्ताव गरेको थियो । आयोगको यही प्रस्ताव स्वीकार गर्दै सरकारले मंसिर १० र २१ गते दुई चरणमा चुनाव गर्ने निर्णय गरेको हो । तर पहिलो र दोस्रो चरणमा कुन जिल्लामा गर्ने भन्ने निर्णय भने भएको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस