नेविसंघले बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेविसंघले बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने


१४ भाद्र २०७४, बुधबार


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाढीप्रभावित क्षेत्रका विद्यार्थीलाई राहत स्वरूप शैक्षिक सामग्री वितरण गर्ने भएको छ । बाढीप्रभावित क्षेत्रका विद्यार्थीको पढ्ने वातावरण सहज बनाउन उनीहरुलाई शैक्षिक सामग्री वितरण गर्न लागेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । ‘बाढीपीडित क्षेत्रका विद्यार्थीलाई कापी, कलम, झोलालगायत दिने योजना बनाएका छौं,’ उनले भने । विद्यार्थीलाई राहत वितरण गर्न विभिन्न संघसंस्थाबाट सामग्री संकलन गरेको उनले बताए । राहत वितरण गर्न आफ्नो नेतृत्वमा टोली जाने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार यसअघि नेविसंघले ६० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

हरिप्रिया भण्डारी मेमोरियल फाउन्डेसनले नेपाल विद्यार्थी संघमार्फत् बाढीपीडितका लागि चार लाख रूपैयाँबराबरको राहत सामग्री उपलब्ध गराएको छ । फाउन्डेसनका सदस्य क्षितिज भण्डारीले नेविसंघ अध्यक्ष महरलाई राहत सामग्री हस्तान्तरण गरे । क्षितिज स्व. हरिप्रिया भण्डारीका छोरा हुन् ।

फाउन्डेसनले अहिलेसम्म १० लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गरेको दिइसकेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस