सार्वजनिक लाभ लिएका व्यक्तिहरुबाटै भ्रष्टाचार : सभापति उपाध्याय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सार्वजनिक लाभ लिएका व्यक्तिहरुबाटै भ्रष्टाचार : सभापति उपाध्याय


१४ भाद्र २०७४, बुधबार


कपिलवस्तु । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले नेपाली राजनीतिमा सार्वजनिक लाभ लिएका व्यक्तिबाटै भ्रष्टाचार हुने गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुले वाणगंगामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सार्वजनिक लाभ लिएका व्यक्तिबाट बढी भ्रष्टाचार हुने गरेको आरोप लगाए ।

उनले भने, –“अनियमिततालाई सरकारले नियन्त्रण गर्नुको सट्टा रमिते बनेको छ ।”

सभापति उपाध्यायले सत्ता पक्ष भ्रष्टाचारको विषयमा नबोलेपनि, कयौँ विषयमा चर्को स्वरले बोल्ने प्रतिपक्ष पनि भ्रष्टाचारको विषयमा मौन बसेकाले सत्ता पक्ष र प्रतिपक्ष एक भएका हुन् कि भन्ने आंशका उत्पन्न भएको बताए ।

उनले समितिको सभापति भएर आएपछि बैंकिङ्क तरलता, नरसिंह गार्ड जल विद्युत आयोजनाको डिपिआर तयार घोटला, आयल निगम प्राधिकरणको जग्गा खरिद प्रक्रिया, एनसेल प्रकरण, आन्तरिक राजस्व जस्ता विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरेर आवश्यक कदम चालेको जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस