साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा. कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा. कोइराला


१४ भाद्र २०७४, बुधबार


काठमाडौँ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा. कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा. कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस