ढुंगागिट्टीको तस्करी रोक्न प्रशासनको अप्रेसन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ढुंगागिट्टीको तस्करी रोक्न प्रशासनको अप्रेसन


१४ भाद्र २०७४, बुधबार


विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने खदम खोला र चुरे क्षेत्रबाट अवैध रूपमा भइरहेको ढुंगागिट्टीको तस्करी रोक्न जिल्ला प्रशासन कार्यालयले अप्रेसन सुरु गरेको जनाएको छ । सञ्चार माध्यममा ढुंगागिट्टी तस्करीसम्बन्धी समाचार आएपछि प्रशासनले तस्करी रोक्न सक्रियता देखाएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तथा प्राकृतिक स्रोतसाधन संरक्षण समितिका संयोजक रामप्रसाद आचार्यले यी क्षेत्रबाट प्राकृतिक दोहन भइरहेको जानकारी पाएको बताए । सोही सूचनाका आधारमा तस्करी रोक्न अप्रेसन सुरु गरेको उनले बताए । उनका अनुसार रातको समयमा ट्याक्टर, ट्रक र ट्रिपर खोलामै लगेर ढुंगागिट्टी तस्करी गर्ने गरेकाले प्रहरी परिचालन गरेको हो । तीन दिनअघि सञ्चालन भएको अप्रेसनबाट १७ ट्याक्टर, ३ स्काभेटर नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस