थन्किए आइसियुका उपकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थन्किए आइसियुका उपकरण


१४ भाद्र २०७४, बुधबार


महेन्द्रनगर । महाकाली अञ्चल अस्पतालको माथिल्लो तलामा आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ । दुई वर्षअघि चार वटा बेडमा आइसियुका लागि आवश्यक पर्ने सबै पूर्वाधार जडान गरिएको भए पनि अहिलेसम्म सेवा भने सुरु भएको छैन । जोडिएको उपकरण थन्किएका छन् । कोठा बन्द छ । सरसफाई नगरिँदा जडान गरिएको आइसियु कक्षमा समेत फोहर जमेको छ ।

सरकारले आइसियु सेवा सञ्चालकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा जोडिएका उपकरण त्यसै थन्किने अवस्थामा छन् भने अस्पतालमा आइसियु सेवा नहुँदा इमरजेन्सी अवस्थामा आउने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ । आइसियु सेवा सञ्चालनका लागि २ वर्षअघि नै आवश्यक संरचना निर्माण गरिएको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस