धनगढी माविले पायो अन्तराष्ट्रिय बिद्यालय पुरस्कार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धनगढी माविले पायो अन्तराष्ट्रिय बिद्यालय पुरस्कार


१३ भाद्र २०७४, मंगलबार


धनगढी । धनगढी माध्यामिक बिद्यालयले अन्तराष्ट्रिय बिद्यालय पुरस्कार प्राप्त गरेको छ ।

कैलालीको सबैभन्दा पुरानो विद्यालय धनगढी माविले ब्रिटिस काउन्सील र शिक्षा बिभागले संयुक्त रुपमा प्रदान गर्ने अन्तराष्ट्रीय बिद्यालय पुरस्कार प्राप्त गरेको हो ।

नेपालका २६ ओटा बिद्यालयले प्राप्त गरेको उक्त पुरस्कार कैलालीमा सामुदायीक बिद्यालय तर्फबाट धनगढी माध्यामिक बिद्यालयले प्राप्त गरेको प्राचार्य लक्ष्मणदत्त भटले जानकारी दिए ।

यो विद्यालयसहित कैलालीबाट निजी विद्यालयतर्फबाट एक्सिस विद्याश्रम र टीकापुर रेडियन्ट मन्टेश्वरीले पनि उक्त पुरस्कार प्राप्त गरेका छन् ।

उक्त पुरस्कारका लागि नेपालभरिबाट एक सय विद्यालयले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस