भूकम्पपीडितलाई रकम पाउनै सकस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भूकम्पपीडितलाई रकम पाउनै सकस


१३ भाद्र २०७४, मंगलबार


चितवन । भूकम्पले घर भत्किएका पीडितहरूलाई सरकारले सहयोग गर्ने भने पनि सरकारी सहयोग लिन सहज नहुँदा पीडितहरू मर्कामा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भत्केको घर बनाउने सम्झौता गरेर किस्ता किस्तामा रकम बुझ्ने व्यवस्था भए पनि पहिलो किस्ताकै रकम नपाएर रनभुल्ल परेका छन् । चितवनको जिल्ला समन्वय समितिमा दिनमै दर्जनौ पीडित गुनासो पोख्दै गरेका भेटिन्छन् ।

जिल्ला समन्व समितिका योजना अधिकृत प्रकाश पौडेललाई भूकम्प प्रभावितका लागि आएको रकमको व्यवस्थापन गर्ने जिम्मेवारी पनि छ । उनको कार्यकक्षमा ‘सम्झौता गरेको महिनौ भयो तर रकम पाइन’ भन्दै गुनासो लिएर आउनेको घुइँचो लाग्छ । व्यक्ति अनुसार फरक फरक समस्याले पौडेललाई कुनै कुनै बेला के गर्ने कसो गर्ने भन्नेसम्म हुन्छ ।

घर बनाउने भनेर सम्झौता गरेकालाई पुनर्निर्माण प्राधिकरणले काम थाल्नका लागि भन्दै पहिलो किस्तास्वरूप ५० हजार रूपैयाँ उपलब्ध गराउँछ । हाल भरतपुर महनगरपालिकाको वडा नम्बर २९ मा पर्ने तत्कालीन कविलास गाउँपालिका–४, भोर्लेका नाथुराम घर्ती रकमको सोधीखोजीमा पाँच पटकसम्म भरतपुर धाएका छन् । तर, उनलाई यस दिन रकम पाउने भनेर कसैले भन्दैन । नाथुरामले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग गएको असार ८ गते पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । दुई महिना पूरा हुँदा पनि रकम हात नपरेको उनको गुनासो छ । आजको नागरिक दैनिकमा चितवनबाट रमेशकुमार पौडेलले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस