भ्रष्टाचार मुद्दाका अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार मुद्दाका अभियुक्त पक्राउ


१२ भाद्र २०७४, सोमबार


सिन्धुपाल्चोक । भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई प्रहरीले आज जिल्ला अदालत बुझाएको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक बस्ने २९ वर्षीय शिव गिरीलाई इप्रका मेलम्चीबाट खटिएको टोलीले आइतबार ज्यामिरे जाने सडकबाट पक्राउ गरेको हो ।

२०६८ साउन २६ गतेको विशेष अदालतको फैसलाले गिरीलाई तीन महिना २४ दिन कैद सुनाएको थियो ।

विभिन्न मुद्दामा सजाय भुक्तान नगरी फरार रहेका एक दर्जनभन्दा बढी अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत बुझाइसकिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस